News Portal

  • गरिमा बैंकद्वारा आगामी भदौ १५ गते विशेष साधारण सभा आह्वान

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७८
    ११३३ पटक
    ३२ साउन, २०७८

    काठमाडौं । गरिमा विकास बैंकले आगामी भदौ १५ गते विशेष साधारणसभा आह्वान गरेको छ । विकास बैंकले सो दिन बिहान १० बजे काठमाडौंको केन्द्रीय कार्यालय लाजिम्पाटमा उक्त साधारण सभा डाकेको हो ।
    साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण डाकेको हो । बैठकले गरिमा विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्तावसहित उक्त सभा आह्वान गरेको हो । सभाले सेयर आदानप्रदान अनुपात ९स्वाप रेसियो० एक बराबर एक निर्धारण गरेको छ ।
    सभाले पारित गरेसँगै गरिमा विकास बैंकको नामबाटै वित्तीय कारोबार हुने छ । यससँगै संस्थाको चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ कायम हुने छ । हाल गरिमाको चुक्ता पुँजी ३ अर्ब ६७ करोड र सहाराको २७ करोड रुपैयाँ रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी भदौ ९ गतेदेखि सेयर कारोबार बन्द हुने छ ।

    प्रतिकृया दिनुहोस्