News Portal

  • कामना सेवा विकास बैंकको नयाँ डुम्रे शाखा सञ्चालन

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७८
    १११४ पटक
    ३२ साउन, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकको नयाँ डुम्रे शाखा सञ्चालन आएको छ । बैंकको तनहुँ जिल्ला वन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित शाखा कार्यालय थप सुविधा सम्पन्नसहित सञ्चालन ल्याएको हो ।
    बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले उक्त कार्यालयको संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।
    सोसल मिडिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्गजस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्