News Portal

  • मेगा बैंकद्वारा एकैदिन ५ वटा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७८
    ७९१ पटक
    ३१ साउन, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
    बैंकले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका–६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका–६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।
    यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।
    मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्