News Portal

  • माछापुच्छ्रे बैंकको नाफा डेढ अर्ब

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७८
    १२२९ पटक
    ३१ साउन, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले एक वर्षको अवधिमा डेढ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८९ प्रतिशत बढी हो ।
    बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ६३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सो अवधिमा एक अर्ब २६ करोड रुपैयाँ मात्रै थियो ।
    बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.०२ प्रतिशत र सञ्चालन मुलना २८.८४ प्रतिशतले बढेको छ ।
    त्यस्तै, बैंकको वितरणयोग्य नाफा २४.७१ प्रतिशतले बढेर एक अर्ब १३ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ९० करोड ८२ लाख रुपैयाँ मात्रै थियो ।
    बैंकको प्रतिसेयर आम्दानी ३.०६ रुपैयाँले बढेर प्रतिकित्ता १८.०१ रुपैयाँ पुगेको छ । पीई रेसियो १४.८६ गुणाबाट २१.३७ गुणा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३६.८३ रुपैयाँबाट बढेर १४२ रुपैयाँ पुगेको छ ।
    संस्थाको चुक्ता पुँजी ७.०३ प्रतिशत बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम २२.५६ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
    एक वर्षको अवधिमा बैंकले एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप र एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा क्रमशः २६.४४ र २२.७४ प्रतिशत बढी हो । समिक्षा अवधिमा बैंकको एनपीएल ०.५२ बाट बढेर ०.६२ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्