News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा साढे ३ अर्ब बढी

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
    १०२० पटक
    २९ साउन, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत असार मसान्तसम्ममा ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन एक वर्षको तुलनामा ५०.६९ प्रतिशत बढी हो ।
    बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को असारसम्ममा २ अर्ब ४२ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
    बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । जुन ३.२० प्रतिशत घटेर ५ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४९.५० प्रतिशत बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
    समीक्षा अवधिमा बैंकको प्रतिशसेयर आम्दानी बढेर २२.४६ रुपैयाँ पुगेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २०.३८ गुणा र प्रतिसेयर नेटवर्थ १९८.४८ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्