आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
२९ साउन, २०७८काठमाडौं । नबिल बैंकको ३६ लाख ४२ हजार ९२१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको सो मात्राको सेयर साउन २९ गते नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै अब उक्त सेयर डिम्याट खातामा हस्तान्तरण हुने छ । र, आगामी आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।
नबिल बैंकले युनाइटेडलाई १ बराबर ०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।