News Portal

  • महालक्ष्मी विकास बैंक र ईसेवा मनी ट्रान्सफरबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
    १२०१ पटक
    २९ साउन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र ई–सेवा मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सुविधा दिन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
    ई–सेवा मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    उक्त हस्ताक्षरपश्चात अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।
    १०३ वटा शाखाहरुमार्फत बैकिङ्ग कारोबार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधिमैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्