News Portal

  • नेपाल बैंकको खुद नाफाभन्दा वितरणयोग्य नाफा बढी

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
    २७९ पटक
    २९ साउन, २०७८

    काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षमा ३१.४० प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा २ अर्ब ३३ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ ।
    बैंकको खुद नाफाभन्दा वितरणयोग्य नाफा बढी छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५८.२० प्रतिशतले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको असार मसान्तसम्ममा २ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।
    त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २४.२६ रुपैयाँ पुगेको छ । पीई रेसियो १८.२६ गुणा र प्रतिसेयर नेटवर्थ घटेर २६३.१९ रुपैयाँमा झरेको छ ।
    हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ९.९९ प्रतिशतले बढेर २० अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ । त्यस्तै, समीक्षा अवधिमा निक्षेप संकलन १४.९९ प्रतिशत र कर्जा लगानी ३०.२३ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
    बैंकको एनपीएल ०.३७ ले घटेर २.१ मा झरेको छ । त्यस्तै, आधार दर ५.७३ प्रतिशत र स्प्रेड दर ४.३४ रहेको छ ।

    प्रतिकृया दिनुहोस्