News Portal

  • जनउत्थान लघुवित्तको वार्षिक समीक्षा तथा बजेट विनियोजन गोष्ठी सम्पन्न

    आर्थीकसंसार संवाददाता२७ साउन, २०७८
    ९०८ पटक
    २७ साउन, २०७८

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले साउन २५/२६ गते पाल्पा जिल्लाको तानसेनमा आर्थिक वर्ष २०७/०७८ को वार्षिक समिक्षा तथा २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी सम्पन्न गरेको छ । वित्तीय संस्थाका अध्यक्ष बावुराम बिश्वकर्माको अध्यक्षता तथा संस्थापक अध्यक्ष, नेपाल सरकारका पूर्व सचिव, वित्तीय संस्थाका परिकल्पनाकार डा. मानबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सु–सम्पन्न भएको हो ।
    वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरतकुमार रसाली, शर्मिला वि.क.,टोपबहादुर सुनार, प्रकाश भण्डारी, मधु कुँवर र चेतनरायण रिमाललगायतले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण तथा सुझावहरु दिएका थिए ।
    संस्थाका अध्यक्ष विश्वकर्माले कर्मचारीहरुको अथक मेहनत र प्रयासले संस्थाले यो उचाई लिन सफल भएको छ, कोभिडले पारेको प्रभावलाई अवसरका रुपमा लिनुपर्ने र वित्तीय संस्थाका हरेक क्रियाकलापहरुलाई सरलीकृत गर्नुपर्ने र चालु आर्थिक वर्षका लागि नवीनतम रणनीतिहरु बनाई कार्य गर्न सुझाव दिए ।
    वित्तीय संस्थाका अध्यक्षले वित्तीय कारोवारलाई चुस्तदुरुस्त पार्दै वित्तीय संस्थाको नीति नियमभित्र रही दैनिक कार्यहरु गर्न निर्देशन दिँदै आर्थिक वर्ष २०७८/७९ को लक्ष्य प्राप्तीमा सफलताको कामना गरे ।
    कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो शाखाको वार्षिक प्रगति विवरण पेश गर्नुका साथै आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रणनीतिक योजनाहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा आ.व. २०७७/७८ मा अधिकत्तम नाफा हासिल गर्ने शाखा कार्यालय रैकवारविचवा, लक्ष्य प्राप्तीतर्फ शाखा कार्यालय परशुराम डडेलधुरा र उत्कृष्ट असुलीतर्फ शाखा कार्यालय पोखराथोक, शक्तिखोर र बुलिङ्गटारलाई प्रशंसा पत्र सहित पुरस्कृत गर्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्