News Portal

  • मेगा बैंकले घरेलु उद्योग महासंघका उद्यमीलाई सरल रुपमा कर्जा दिने

    आर्थीकसंसार संवाददाता२७ साउन, २०७८
    १०३७ पटक
    २७ साउन, २०७८

    काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
    महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।
    बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले सहमत पत्रमा हस्ताक्षर गरे ।
    कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्याउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरिन् ।
    महासंघ र बैंकबीच भएको सम्झौताअनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।
    सम्झौता कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष उमेश प्रसादसिंह र कोषाध्यक्ष सत्यनारायण प्रजापतिको उपस्थिति रहेको थियो । बैकको तर्फबाट अमित श्रेष्ठ, जनक भट्टराई, पुण्यप्रसाद खनियाँ र रूकमणी महर्जनको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्