News Portal

  • माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त

    आर्थीकसंसार संवाददाता२५ साउन, २०७८
    १०७८ पटक
    २५ साउन, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकी छिन् । साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
    कार्की सर्वसाधारण सेयरधनीको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् । यसअघि उक्त पदको जिम्मेवारी सृजना कार्कीले सम्हालेकी थिइन् । उनले आफ्नो पदबाट राजीनामा दिएसँग सो पद रिक्त रहेको थियो । साउन ५ गतेको उनको राजीनामालाई साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्