काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १०४औं शाखा ललितपुरको भैसेंपाटीमा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बैंकले उक्त स्थानमा नयाँ शाखा विस्तार गरी साउन २५ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल, ललितपुरका वडा अध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त रुपमा गरेका हुन् ।
उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजङ्ग थापा, नेपाल प्रहरीका भैसेंपाटी क्षेत्र इन्चार्ज लोकबहादुर गुरुङ्ग, एभरेष्ट बैंक बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैंकको बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य स्थानीयको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ ।
बैंकले १०४ शाखा सञ्जाल प्रादेशिक कार्यालय, १३६ वटा एटीएममार्फत ग्राहकलाई अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
एभरेष्ट बैंकको १०४औं शाखा भैसेंपाटीमा
आर्थीकसंसार संवाददाता२५ साउन, २०७८
२५ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन