News Portal

  • एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबारदेखि

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७७
    ५५६ पटक
    ६ भदौ, २०७७

    काठमाडौं । एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबारदेखि हुने भएको छ । दुवै बैंकले आइतबारबाट सफ्ट एकीकृत कारोबार सुरु गर्ने भएको बैंकले जनाएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
    अब कञ्चन डेभलपमेन्ट बैंकलाई एनएमबि बैंकले अक्वायर गरेपछि एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते भर्चुअल माध्यमबाट सम्पन्न विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
    सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको हो । कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् । एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
    सुदूरपश्चिमको शक्तिशाली कञ्चन बैंक एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो ।

    प्रतिकृया दिनुहोस्