News Portal

  • नेपाल एग्रोलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तले पायो अन्तिम स्वीकृति

    आर्थीकसंसार संवाददाता१७ साउन, २०७८
    ३५४ पटक
    १७ साउन, २०७८

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्नको लागि अन्तिम स्वीकृति पाएको छ । संस्थालाई नेपाल राष्ट्र बैंकले साउने १५ गते अन्तिम स्वीकृति दिएको हो ।
    यससँगै संस्थाले कास्की जिल्लाको पोखरा विन्ध्यावासिनीस्थित केन्द्रीय कार्यालय रहेको नेपाल एग्रोलाई सेयर स्वाप अनुपात १ बराबर ०.९८ मा प्राप्ति गर्ने छ । यससँगै अबको एक महिनाभित्र संस्थालाई प्राप्ति गरी एकीकृत रुपमा वित्तीय कारोबार सुरु गरिसक्नु पर्नेछ । त्यस्तै, प्राप्तिपश्चात संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट नगरपालिका २ नवलपुरमा रहने छ ।

    प्रतिकृया दिनुहोस्