News Portal

  • राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल ३२औं वर्षमा

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ८३२ पटक
    ६ साउन, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२औं वार्षिकोत्सवका अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका थिए ।
    ३२औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । यस्तै वार्षिकोत्सवको अवसरमा संघले मामा घर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । वार्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत संचालन गरिएको थियो ।
    राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो । संघले पेशागत हक, हित तथा सस्थाको सम्बन्धनको विषयमा जोडदार आवाज उठाउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्