News Portal

  • शिखर इन्स्योरेन्स उत्कृष्ट कम्पनीहरुको सूचिमा उक्लियो

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७७
    ६४२ पटक
    ५ भदौ, २०७७

    काठमाडौं । शिखर इन्स्योरेन्स क्रेडिट रेटिङ एजेन्सी इक्राबाट ‘ए’ रेटिङ पाउन सफल भएको छ । इक्राले शिखर न्ययोरेन्सलाई देशकै उत्कृष्ट कम्पनीको रुपमा निर्धारण गरेको छ । साथै शिखर इन्स्योरेन्स बीमा व्यवसायको आधारमा पहिलो नम्वरको कम्पनी भएको रेटिङ गरेको छ ।
    इक्रा नेपालले सन् २०२० को फ्रेबुअरीसम्मको वित्तीय विवरण विश्लेषण गरेर रेटिङ गरेको जनाएको छ । कम्पनीको जोखिम, मुनाफा र तरता लगायतका वित्तीय विवरण अध्ययन गरेर सार्वजनकि गरेको रेटिङअनुसार शिखर इन्स्योरेन्सले ‘ए’ प्राप्त गरेको जनाइएको छ ।
    क्रेडिट रेटिङ एजेन्सी इक्राले शिखर इन्स्योरेन्समा जोखिम न्यून रहेको, पर्याप्त पुनर्बीमाको व्यवस्था गरेको तथा सोल्भेन्सी रेसियो २.५ रहेको भन्दै ‘ए’ का लागि योग्य भएको इक्राले विवरण दिएको छ । इक्राले भनेको छ, ‘नियमनकारी निकायले सोल्भेन्सी रेसियो १.५ वा सो भन्दा माथि हुनुपर्ने निर्धारण गरेबमोजिम शिखर इन्स्योरेन्सको सन् २०१९ को मध्य जुलाईसम्ममा सोल्भेन्सी रेसिया २.५ गुणा भएको उल्लेख छ । इक्राले सन् २०१६ देखि २०१९ सम्मको तीन वर्षमा लगानीकर्ताहरुलाई दिएको प्रतिफललाई समेत ‘ए’ रेटिङको लागि योग्य भएको ठहर गरेको छ । इक्राले बजारमा बलियो उपस्थिति, कुशल व्यवस्थापन, पुनर्बीमाको व्यवस्था, सोल्भेन्सी रेसियो र तरलताको अवस्था, कम्पनीले दिने प्रतिफलको विश्लेषणको आधारमा ए रेटिङ गरिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्