News Portal

  • बीमा समितिको विज्ञ सञ्चालकमा ओली नियुक्त

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७७
    ५५६ पटक
    ५ भदौ, २०७७

    काठमाडौं । बीमा समितिको बिज्ञ सञ्चालकको रुपमा कपिलदेव ओलीलाई पुनः नियुक्त गरिएको छ । अर्थमन्त्रालयले बिहीबार बीमा समितिमा पत्र पठाउँदै मन्त्रीस्तरीय निर्णयबाट अधिवक्ता ओलीलाई बिज्ञ सञ्चालकको रुपमा पुनः आगामी चार वर्षको लागि नियुक्त गरेको जनाएको छ ।
    उनी ओली एण्ड एशोसिएट्स ल फर्ममा आबद्ध छन् । यसअघि पनि चार वर्षसम्म विज्ञ सञ्चालक रहेका ओलीको पदावधि गत चैत्र ४ गते सकिएको थियो । बीमा समितिको विज्ञ सञ्चालक पद त्यसयता रिक्त रहँदै आएकोमा पुनः ओलीलाई नियुक्त गर्ने अर्थमन्त्रालयले निर्णय गरेको हो ।
    विज्ञ सञ्चालकमा नियुक्त ओलीले नेपाल ल क्याम्पसबाट स्नातक र पूर्वाञ्चल विश्व विद्यालयबाट एमपिए (स्नातकोत्तर) गरेका छन् ।

    प्रतिकृया दिनुहोस्