News Portal

  • एनबी बैंकका कर्मचारी आन्दोलनमा उत्रिए

    आर्थीकसंसार संवाददाता३० असार, २०७८
    ४४६ पटक
    ३० असार, २०७८

    काठमाडौं । नेपाल बंगलादेश बैंकका कर्मचारीहरु सडकमा उत्रिएका छन् । सामाजिक सुरक्षा कोषको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध हुनका लागि बाध्यकारी गरेको र असार मसान्तसम्म अन्तिम समय दिएको भन्दै उनीहरु विरोधमा लामो समयदेखि विरोधमा छन् ।
    अन्ततः नेपाल बंगलादेशका कर्मचारी सडकमै उत्रिएका छन् । उनीहरुले बुधबार कोषको विरोधमा सडकमा र्यालि गरेका छन् । केही साता अगाडिदेखि कालोपट्टी बाँधेर र बैंकको अगाडि कालो ब्यानर झुण्ड्याएर काम गरिरहेका उनीहरु अन्ततः सडकमा उत्रिन बाध्य भएका हुन् । उनीहरुले काम गरिरहेका उनीहरुले कोषलाई स्वेच्छिक बनाउन माग गरिरहेका छन् ।
    नेपाल वित्तीय संस्था कर्मचारी संघका उपाध्यक्ष पर्शुराम खनालले अरु बैंकहरु पनि सडकमा आउने तयारी गरिरहेको बताए । उनका अनुसार हाल बैंकहरु सर्वोच्च अदालतको फैसलालाई कुरिरहेका छन् । अदालतले भोलिका लागि पेशी तोकेको छ । २२ बैंकका कर्मचारीले अदालतमा मुद्दा हालेका छन् । २९ वटा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सयुक्त रुपमा १५ वटा मुख्य मागहरु राखेका छन् ।

    प्रतिकृया दिनुहोस्