News Portal

  • नबिल बैंकले वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२८ असार, २०७८
    ६४० पटक
    २८ असार, २०७८

    काठमाडौं । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमबार ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।
    उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।
    कोभिड–१९ दोस्रो लहरको अन्त्यसँगै अहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिँदैगर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।
    नबिल बैंक पछिल्लो केही समयदेखि मानव कल्याणमा निकै आक्रमण रुपले लागि परेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ को महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड–१९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो ।
    त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ । यसअन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा सातैवटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारीसम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । यो अभिमुखीकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए ।
    नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमा निजी क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ उदाहरण प्रस्तुत गर्दै सरकारसँग यस किसिमको साझेदारी गर्दै आएको छ । आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ । हाम्रोजस्तो वहुविपद्को जोखिमयुक्त देशमा निजी क्षेत्रसहित सम्बन्धित पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँछ भन्नेमा बैंकको विश्वास छ । यही विश्वासअन्तर्गत कोभिड–१९ को प्रतिकार्यका लागि बैंकले यस किसिमका सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्