News Portal

  • कृषि बैंकद्वारा युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई सहयोग

    आर्थीकसंसार संवाददाता२६ असार, २०७८
    ६२२ पटक
    २६ असार, २०७८

    काठमाडौं । कृषि विकास बैंकको युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई कृषि सामाग्री तथा उपकरणहरु सहयोग गरेको छ ।
    बैंकका भरतपुर शाखा सञ्चालक सदस्य संजीव पौडेलले संस्थाका अध्यक्ष लेखनाथ भुषाललाई सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै बैंकका प्रबन्धक दिनेश बाबु नेपालले संस्थालाई वित्तीय सहयोग चाहिएमा ७ कार्यदिन भित्र कर्जा उपलब्ध गराउन सक्ने पनि बताएका छन् । बैंकले १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन, तथा १ थान डिजिटल काँटा सहयोग गरेको हो ।

    प्रतिकृया दिनुहोस्