News Portal

  • एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२४ असार, २०७८
    ४५५ पटक
    २४ असार, २०७८

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज (असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
    जसमध्ये एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, सिभिल लघुवित्तको ३.५ प्रतिशत अर्थात ८१ हजार ८७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
    यससँगै यी दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोस्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

    प्रतिकृया दिनुहोस्