News Portal

  • ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सहकार्य

    आर्थीकसंसार संवाददाता२० असार, २०७८
    ५३९ पटक
    २० असार, २०७८

    ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
    आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तर्फबाट महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
    सम्झौताअनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । यस सम्झौतापश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ ।
    ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्