News Portal

  • सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा सुमना खनाल नियुक्त

    आर्थीकसंसार संवाददाता१६ असार, २०७८
    ६८८ पटक
    १६ असार, २०७८

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रबन्धकमा सुमना न्यौपाने खनाल नियुक्त भएकी छिन् । इन्स्योरेन्सले हालै उनलाई वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा नियुक्त गरेको हो ।
    कर्पोरेट क्षेत्रमा खनालको प्रदर्शनको आधारमा इन्स्योरेन्सले कम्पनीको प्रत्यक्ष व्यवसायको विकासको लागि नियुक्त गरेको हो । १२ वर्ष १० महिना सूर्य लाइफ इन्स्योरेन्समा काम गरेकी खनालसँग बीमा मार्केटिङ्गमा प्रशस्त अनुभव रहेको छ ।
    नवनियुक्त वरिष्ठ प्रबन्धक खनालले केही समयभित्र तोकिएको क्षेत्रमा नयाँ कम्पनीको अपेक्षाहरू सफल हुने विश्वास व्यक्त गरेकी छिन । उनले कम्पनीको नाफा बढाउनको लागि प्रत्यक्ष बिक्रीमा थप सुधारको लागि काम गर्ने योजना बनाएको र सिधा कर्पोरेट ग्राहकलाई राम्रो सेवा प्रदान गर्ने बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस्