News Portal

  • लुम्बिनी बैंकद्वारा पर्वतारोही कामी रिता शेर्पा सम्मानित

    आर्थीकसंसार संवाददाता१३ असार, २०७८
    ५९० पटक
    १३ असार, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । २५औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्र्तीमान कायम गरेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सम्मान गरेका हुन् ।
    किर्तीमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आवद्ध छन् । उनको यो किर्तीमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि भएको बताएका छन् ।
    बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
    हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेबिटरएटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

    प्रतिकृया दिनुहोस्