News Portal

  • रिलायबल लाइफले पायो प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बि रेटिङ

    आर्थीकसंसार संवाददाता६ असार, २०७८
    ४९८ पटक
    ६ असार, २०७८

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार सुरक्षाको संकेत प्रदान गर्ने ट्रिपल बि रेटिङ पाएको कम्पनीले जनाएको छ । यो रेटिङ नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा राम्रो रेटिङ हो ।
    कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । असार ४ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले प्राथमिक शेयर निष्काशनको विशेष प्रस्ताव पनि पारित गरिसकेको छ । साधारणसभा सम्पन्न भए सँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनका लागि आवस्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि २०७५÷७६ को लेखापरिक्षण प्रतिवेदन तयार पार्नु पर्ने थियो ।

    प्रतिकृया दिनुहोस्