News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

    आर्थीकसंसार संवाददाता४ असार, २०७८
    ३८२ पटक
    ४ असार, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । हाल विश्वव्यापी रुपमा देखापरेको कोभिड—१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतिगत सहुलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले मिति २०७८/०२/११ मा परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
    हाल कोभिड—१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको छ ।
    यसले गर्दा ग्राहकहरुले नियमितकर्जा भुक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी २०७८ साल असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट ९क्ष्लतभचभकत च्भदबतभ० प्रदान गर्ने निर्णय गरिएको छ । यस ब्याज रकम छुट सुविधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका १ लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्