News Portal

  • शिखर इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    आर्थीकसंसार संवाददाता२ असार, २०७८
    ९४१ पटक
    २ असार, २०७८

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।
    उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।
    थापाथलीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता २१६१ रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३८ रुपैयाँले घटी हो ।

    प्रतिकृया दिनुहोस्