काठमाडौं । लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसँगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो ।
यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिपशन निःशुल्क पाउन सक्नेछन् ।
यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् । मोबाईल मनी को ‘फोन–पे डैरेक्ट’ वा इन्टर बैंक फण्ड ट्रान्सफर (आईबीएफटी) (अन्तर बैंक नगद ट्रान्स्फर)बाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।
क्याम्पेनको अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकहरुमध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहकले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् । जति धेरै पटक नगद ट्रान्स्फर ग¥यो, त्यति नै धेरै जित्ने मौका पाइने बैंकले जनाएको छ ।
लक्ष्मी बैंकको युरो कपको विजेता प्रिडिक्ट गर्दा ५० एमबीपीएसको इन्टरनेट निःशुल्क क्याम्पेन
आर्थीकसंसार संवाददाता१ असार, २०७८
१ असार, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने