काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले संस्थापक शेयरमा आवेदन दिने अवधि थपेको छ । बैंक अफ काठमाडौंले भदौ १ गतेदेखि लिलामीमा विक्री खुला गरेको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने अवधि थप भएको छ । यसअघि भदौ ८ गते अपरान्ह २ बजेसम्मको अवधि तोकिएकोमा उपत्यकामा भदौ १० सम्म जारी निषधाज्ञाका कारण भदौ १५ गते अपरान्ह २ बजेसम्मको अवधि थप गरिएको हो ।
बैंकले संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । बैंकले संस्थापक समूहको उक्त शेयर सोही समूहमा नै रहने गरी लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीलगायत ईच्छुक व्यक्ति तथा संगठित संस्थाले भदौ ८ गते अपरान्ह २ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकको कार्यालय, नागपोखरी काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयरको न्यूनतम मूल्य रू. १४० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
प्राप्त बोलपत्र भदौ ९ गते विहान १० बजे बिक्री प्रबन्धको कार्यालयमा खोलिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुईभन्दा बढी बोलपत्र आवेदन पर्न गई बाँडफाँट हुन बाँकी शेयर भन्दा बढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा बाँडफाँट गरिने बैंकले सूचनामार्फत प्रष्ट पारेको छ ।
बैंक अफ काठमाडौंले संस्थापक शेयरमा आवेदन दिने म्याद थपियो
आर्थीकसंसार संवाददाता४ भदौ, २०७७
४ भदौ, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता