News Portal

  • प्राइम लाइफ १३ औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७८
    ६५९ पटक
    २२ जेठ, २०७८

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान सफल भएको छ ।
    कम्पनीले हालसम्म १७ लाख ३४ हजार ९८२ वटा जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ । बीमितहरुबाट २१ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । १४ वर्षको अवधिमा जीवन बीमा कोषमा १४ अर्ब रुपैयाँ जम्मा भइसकेको छ । तत्कालिन समयमा आएका नयाँ जीवन बीमा कम्पनीहरुमध्ये प्राइम लाइफको सम्पूर्ण सूचकहरु अगाडि देखिएका छन् । विभिन्न क्षेत्रमा कर्जा प्रवाह तथा लगानी मात्रै १५ अर्ब ३७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । बीमितले बीमालेख धितोमा राखेर एक अर्ब ४७ करोड रुपैयाँ कर्जा प्राप्त गरेका छन् । कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।
    मजबुत सुरुवात सँगसँगै प्राइम लाइफले सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको एक उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन सफल भएको छ । कम्पनीले यसै अवसरमा उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिँदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरुलगायत सम्पूर्ण शुभ चिन्तकहरुमा विशेष आभार ब्यक्त गरेको छ ।
    अहिलेसम्मको सफलताले आगामी वर्षहरुमा समेत अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको कम्पनीले जनाएको छ । भविष्यमा अझ बढी उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न कम्पनी सक्षम हुने प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले विश्वास व्यक्त गरे ।
    ५ वर्ष अगाडि बीमा समितिले जीवन बीमा कम्पनीहरुको पुँजी बृद्धि योजना ल्याएसँगै प्राइफ लाइफले १६० प्रतिशत हकप्रद र बोनस शेयरमार्फत पुँजी जुटाउन सफल भएको छ । आफ्ना शेयरधनीहरुसँग ९७ करोड ६३ लाख रुपैयाँ हकप्रद र बाँकी पुँजी बोनस शेयरमार्फत जुटाउन सफल भएको हो ।
    बीमितहरुको समयसापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्राथमिकता दिँदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजनाअन्तर्गत बीमा गर्न सक्नेछन् ।
    कम्पनीले १४औं वार्षिकोत्सवको उपलक्ष्यमा आजदेखि लागु हुने गरी पृथक किसिमको बीमा योजना ‘प्राइम शुभलाभ बीमा योजना’ ल्याएको छ जस्ले ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने विश्वास कम्पनीले लिएको छ ।
    प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्तिजस्ता अनलाइन सेवामार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्कलगायतको भुक्तानी गर्न सक्ने छन् भने अन्य सम्वद्ध पक्षहरुले समेत भुक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।
    शुरुवातदेखि नै छिटो, छरितो सहज तथा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराइले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने जानकारी दिए । ग्राहकमैत्री सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवासँगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ ।

    हाल प्राइफ लाइफले देशभरका १५५ वटा शाखा कार्यालयबाट जीवन बीमा व्यवसाय गर्दै आएको छ । ३७८ जना कर्मचारी र ६५ हजार ३२८ जना अभिकर्ताको सञ्जालमार्फत जीवन बीमा व्यवसायमा फड्को मारेको छ ।
    उत्कृष्ट सेवा प्रवाहका साथ स्थापित प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिँदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरुलगायत सम्पूर्ण शुभचिन्तकहरुमा विशेष आभार ब्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्