News Portal

  • इन्भेष्टमेण्ट बैंक र वायरबारलीबीच रेमिट्यान्स सम्झौता

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७७
    ८३३ पटक
    ३ भदौ, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र वायरबारलीबीच रेमिट्यान्स सम्झौता भएको छ । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यका साथ इन्भेष्टमेण्ट बैंक र वायरबारलीबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ ।
    यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी वायरबारलीको मोबाईल एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।
    वायबारलीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायरबारली मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको रेमिट्यान्स सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्