News Portal

  • पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि

    ७५ जनाको मृत्यु

    आर्थीकसंसार संवाददाता२० जेठ, २०७८
    ९३४ पटक
    २० जेठ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा संक्रमण पुष्टि भएको हो ।
    आज ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यसअघि बुधबार ७ हजार २ सय १९ कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।
    देशभर ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ ।

    प्रतिकृया दिनुहोस्