News Portal

  • सानिमा बैकको सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा

    आर्थीकसंसार संवाददाता१९ जेठ २०७८
    १०५४ पटक
    १९ जेठ २०७८

    काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा ल्याएको छ । बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यस सुविधा ल्याएको जनाएको छ ।
    यस सुविधाअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन पाउनेछन् ।
    अब रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’मार्फत सोझै नगदवा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधामध्ये एक रोज्न पाउनेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

    प्रतिकृया दिनुहोस्