News Portal

  • ज्योति लाईफको स्मार्ट एप्समा थप आकर्षक सुविधा

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०७८
    ७५७ पटक
    १९ जेठ, २०७८

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ ।
    उक्त एपमा बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु लग ईन गरेर प्राप्त गर्नुको साथै कम्पनीद्वारा जारी अन्य आवश्यक सूचनाहरुको नोटिफिकेसन अलर्ट समेत पाउन सकिन्छ ।
    यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्री गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र व्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गर्न सक्नेछन् ।
    एन्ड्रोइड तथा आइओएस दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको छ ।
    ज्योति लाईफले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ ।
    कम्पनीको अनुसार यस एप्स भित्र क्यालेण्डर तथा विश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन र सेयर गर्न सक्नेछन् जसकारण सेवाग्राहीहरुले एक प्रकारले भन्ने हो भने यसलाई ‘मोबाईल इन्स्योरेन्स सेवा’को रुपमा पनि लिन सक्नेछन् । उक्त एप्सबाट ज्योति लाईफले सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारीसमेत प्राप्त गर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्