News Portal

  • एनआईसी बैंकबाट कर्जा लिनका लागि ‘खल्ती’ डिजिटल वालेटबाट ग्राहकले आवेदन दिन सक्ने

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७७
    ४६३ पटक
    ३ भदौ, २०७७

    काठमाडौं । बैंक ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् ।
    एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत वार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाको निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ । ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो बर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता छन् ।
    ‘खल्ती’ डिजिटल वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्नेछन् । ‘खल्ती’ले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहकको आवेदन संकलन गर्ने मात्रै काम गर्ने छ । संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी बैंकमा पठाइदिने छ । खल्तीसँगको सहकार्यले अब ऋण चाहिने ग्राहले बैंकका शाखा कार्यालयहरूमा धाउनु पर्ने अबस्थाको अन्त्य भएको एनआइसी बैंकले जनाएको छ । ग्राहकले खल्तीमार्फत ऋणको लागि आवेदन गरेपछि बैंकले आफैं थप प्रक्रियाका लागि ग्राहकसँग सम्पर्क गर्ने छ । यसले गर्दा बैंकको पहुँच विस्तार भएको र ग्राहकले पनि घरमै बसेर ऋण लिन सक्ने बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्