News Portal

  • शिखर इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७८
    १३२८ पटक
    १८ जेठ, २०७८

    काठमाडौं । शिखर इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
    सोसम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
    शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरुमा जारी गर्दैछ ।
    निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्