काठमाडौं । बीमा समितिले हिमालयन रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । हिजो बसेको बीमा समिति संचालक समिति बैठकले हिमालयन रिलाई पुनर्बीमा कम्पनी संचालनको सहमति दिने निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
समितिले गत बैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गरी एउटा पुनर्बीमा कम्पनी संचालनको अनुमति दिने जानकारी दिएको थियो । समितिको सो सूचनाअनुसार ५ वटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये हिमालय रिले सहमति पाएको हो ।
हिमालयन रि–इन्स्योरेन्सको लगानीकर्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायत व्यवसायिक घराना संलग्न छन् ।
समितिले आवेदन मागेकामा हिमालयसहित प्रुडेन्सियल, अन्नपूर्ण, काठमाडौं र जेन्युइन रिले आवेदन दिएका थिए ।
हिमालयन रिले पुनर्बीमा कम्पनी सञ्चालन गर्ने अनुमति पायो
आर्थीकसंसार संवाददाता१७ जेठ, २०७८
१७ जेठ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने