News Portal

  • एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७८
    ४५० पटक
    १० जेठ, २०७८

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आज जेठ १० गते काठमाडौंको हात्तीसारस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो ।
    दिउँसो २ः०० बजे सुरु भएको सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।
    उक्त सभाले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारित गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्तावसमेत सर्वसम्मतीले पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्