News Portal

  • सिद्धार्थ बैंकद्वारा प्रदेश १ सरकारलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता४ जेठ, २०७८
    ४३९ पटक
    ४ जेठ, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
    उक्त कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेलको उपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्