News Portal

  • माछापुच्छ्रे बैंकका ग्राहकले १० लाखसम्मको उपचार खर्च किस्ताबन्दीमा तिर्नसक्ने

    आर्थीकसंसार संवाददाता४ जेठ, २०७८
    ५८८ पटक
    ४ जेठ, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुविधा सञ्चालनमा ल्याएको छ ।
    यस सुविधाअन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधाअन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । उक्त सुविधाले बैंकका ग्राहकहरुलाई १० दश लाखसम्मको रकम प्रदान गर्ने छ ।
    बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुविधा लिन सक्नेछन् ।
    हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहकहरुले बैंकको वेबसाइटमा गई क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । बैंकको देशैभर रहेका १६० शाखाहरुमार्फत सजिलै सो सुविधा लिन सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्