News Portal

  • सिटिजन्सको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता३१ वैशाख, २०७८
    ३६९ पटक
    ३१ वैशाख, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त भएका छन् । बैंकले शुक्रबार सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको हो ।
    सूचना अधिकारीमा नियुक्त भएका राजेन्द्रलाल श्रेष्ठ करिव २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका छन् । उनले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । भारतको पुणेस्थित सिम्बायोसिस इस्टीट्यूट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुलीजस्ता क्षेत्रमा अब्बल दक्षता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।
    प्रवक्तामा नियुक्त भएका नारायणराज अधिकारीसँग करिब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।
    ‘भित्र सिस्टम र बाहिर इमेज’को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्