News Portal

  • महिला लघुवित्तको उकालो यात्रामा ब्रेक

    आर्थीकसंसार संवाददाता२६ वैशाख, २०७८
    ६११ पटक
    २६ वैशाख, २०७८

    काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएदेखि निरन्तर उकालो लागेको महिला लघुवित्त वित्तीय संस्था सेयर मूल्यमा गिरावट देखिएको छ । दैनिक पोजेटिभ सर्किट लागेको बढेको संस्थाको सेयर मूल्य आज (बैशाख २६ गते) घटेर नेगेटिभ सर्किट लागेको छ ।
    संस्थाले हालै सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) जारी गरी गत चैत ३ मात्र दोस्रो बजारमा प्रवेश गरेको थियो । चैत ३ गतेदेखि बैशाख २६ गतेसम्ममा कूल ३६ दिन सेयर कारोबार खुल्यो । यो अवधिमा नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो । अधिकांश कम्पनीको सेयर मूल्य कहिले घट्ने त कहिले बढ्ने भइरह्यो । तर, बैशाख २५ गतेसम्म महिला लघुवित्तको सेयर मूल्यमा भने निरन्तर सर्किट लागेको थियो । गत बिहीबारको कारोबारसम्म बजारमा देखिएको तीव्र उतारचढावले संस्थाको सेयर मूल्यमा कुनै असर गरेको थिएन । तर आज बैशाख २६ गते कम्पनीको इतिहासमै पहिलोपटक सेयर मूल्य घटेको छ । पछिल्लो कारोबारको तुलनामा संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५०३ रुपैयाँले घटेको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता ५ हजार ३० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य आइतबार घटेर प्रतिक्रिया ४५२७ रुपैयाँमा झरेको छ ।


    आइतबार कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको ४ हजार ५२७ पटकको कारोबारमा ५१ हजार ८८ कित्ता सेयर किनबेच भएको हो । यससँगै आइतबार संस्थाको बजार पुँजीकरण ४ अर्ब ५२ करोड ७० लाख रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्