News Portal

  • लघुवित्त संस्थाको वित्तीय विवरण एनएफआरएस ढाँचामा तयार गर्न राष्ट्र बैंकको निर्देशन

    आर्थीकसंसार संवाददाता२० वैशाख, २०७८
    ५३२ पटक
    २० वैशाख, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस (एनएफआरएस) ढाँचामा वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो ।
    सो निर्देशनअनुसार अब ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले पनि एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ ।
    २०७८ असार मसान्तको वित्तीय विवरण नै नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस ढाँचामा तयार गर्नुपर्ने छ । हाल वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले यसै ढाँचाअनुसार वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् ।

     

    प्रतिकृया दिनुहोस्