काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्ती गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ ।
बीमा समितिले अन्तिम स्वीकृति दिएपछि मात्रै कम्पनीले आधिकारिक रुपमा खत्रीलाई नियुक्ती गर्न सक्ने छ । बीमा समितिले कम्पनीलाई छिटोभन्दा छिटो प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दबाब दिँदै आएको थियो । समितिको निर्देशनसँगै कम्पनीले खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने प्रस्ताव गरेको हो । नेशनल लाइफबाटै करिअर सुरु गरेका खत्रीसँग २६ वर्षको अनुभव रहेको छ ।
यस अगाडिका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिएपछि पुस तीन गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।
नेशनल लाइफको सिइओमा सुरेश खत्रीलाई नियुक्त गर्ने
आर्थीकसंसार संवाददाता१९ बैशाख, २०७८
१९ बैशाख, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने