News Portal

  • महालक्ष्मी बैंकका ग्राहकलाई निषेधाज्ञामा समन्वयकर्ताले सेवा दिने

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७८
    ३९० पटक
    १६ वैशाख, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले कोभिड–१९ को दोस्रो लहरका कारण गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै ग्राहक समन्वयकर्ता सेवा सुरु गरेको छ । बैंकले यस्तो अवस्थामा बैंकिङ्ग कारोबार सहज र सुरिक्षित बनाउन ग्राहक समन्वयकर्ताहरुको व्यवस्था गरेको जानकारी दिएको छ ।
    ग्राहक समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी छिटोभन्दा छिटो सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताए ।
    बैंकले यस्तो बेलामा डिजिटल बैंकिङ्गअन्तर्गत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर कोड कनेक्ट आइपिएसजस्तो सेवा प्रयोग गर्नु आग्रह गरेको छ । ग्राहकले समन्वयकर्तासँग सेवा लिनका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्