News Portal

  • निष्काशन बन्द अगाबै बिक्री भयो एनआईबिएल समृद्धि फण्ड-II का इकाईहरु

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७८
    ७६६ पटक
    १६ वैशाख, २०७८

    काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-II को इकाईहरु तेस्रो दिनमा नै बिक्री भई सकेको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ ।
    क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने आज मिति २०७८/०१/१६ गते अन्तिम दिन रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्