काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ६९ प्रतिशतले बढी हो ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो । बैंकले बैशाख १४ गते प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको सेयर पुँजी २ अर्ब ८६ करोड रुपैयाँसहित ५९ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ९१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
हाल देशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ/संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन् । बैकको एक वटा केन्द्रीय कार्यालयसहित ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालयमार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ ।
सदस्य सहकारी संघ/संस्थालाई दिने सेवामा सँधै अब्बल रहेको बैंकले नाफामा पनि आक्रमक रुपमा वृद्धि गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १५ प्रतिशतले लाभांश वितरण गरेको थियो भने बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ को प्रावधान अनुसार बचत र कर्जा कारोबार गरेको थियो । साथै, १२ हजार ४६ वटा सदस्य सहकारी संघ/संस्थाहरुलाई संरक्षित पुँजी फिर्ता कोषबाट रकम समेत बाँडफाँड गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए ।
राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बृद्धि
आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७८
१४ वैशाख, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण