News Portal

  • रा.वा.बैंकको आरबीबी मोबाइल बैंकिङ महामेलाका विजयीहरु घोषणा

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७८
    ४०५ पटक
    १५ वैशाख, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको RBB Mobile Banking को प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बीच घोषणा गरिएको छ ।
    सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर (4N 5 D) मेगा पुरस्कार प्याकेज पाउनु भएको छ । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी M01 Core ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गर्नु हुने भएको छ ।
    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा RBB Mobile Banking महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा.बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग (RBB Smart) बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।
    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकारलगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्