News Portal

  • अजोड ईन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७८
    ८६४ पटक
    ७ वैशाख, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज मिति २०७८÷०१÷०७ गते आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    अजोड इन्स्योरेन्स कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालयलगायत सातवटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस तथा सोको कारण भएको बन्दाबन्दी ९ीयअपमयधल० ले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६÷०७७ मा कुल बीमाशुल्क रु.८८४,३१७,२१८।– (अक्षरेपि अठासी करोड त्रिचालिस लाख सत्र हजार दुई सय अठार मात्र ) संकलन गरी खुद नाफा रु.४५,६३४,६७१।– (अक्षरेपि चार करोड छपन्न लाख चौत्तीस हजार छ सय एकहत्तर मात्र) रहेको र बीमा कोषमा रु. ६२,३७२,६५२।– (अक्षरेपी छ करोड तेइस लाख बहत्तर हजार छ सय बाउन्न मात्र) संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमा कोषमा १०४.०८% ले बृद्धि हासिल गर्न सफल भएको छ ।
    आज सम्पन्न भएको कम्पनीको तेस्रो बार्षिक साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयहरु पारित गरेको छ ।
    (क) सामान्य प्रस्तावहरु ः
    १) संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६।०७७ को तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरियो ।
    २) लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आ.व. २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरुसहितको वित्तीय विवरण उपर छलफल गरी सोलाई पारित गरियो ।
    ३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७।०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरियो
    ४) समुह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने संचालक पद संख्या २ (दुई) मा पानुदत्त पौडेल र सृजना सुवेदी निर्विरोध निर्वाचित हुनु भएको छ ।
    (ख) विशेष प्रस्तावहरु ः
    १) निम्न विषयहरुका सम्बन्धमा कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुवाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्वन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ ।
    (क) कम्पनीको नियमावलीको नियम २४(२) र नियम ४० मा संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ ।
    २) संचालक समिति, अन्य समिति तथा उप–समितिको बैठक भत्ता तथा अन्य सुविधा पारित गरिएको छ ।
    ३) विविध ।
    १. स्वतन्त्र विज्ञ संचालक श्री विष्णु प्रसाद नेपालको नियुक्तिको अनुमोदन साधारण सभावाट गर्यो ।

    प्रतिकृया दिनुहोस्