काठमाडौं । आज मिति २०७८÷०१÷०५ गतेका दिन प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भई आजै बैंकको सञ्चालक समितिको २०९औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको हो । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त हुनुभएका उहाँलाई मिति २०७८÷०१÷०२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गर्नुभएका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगाल्नुभएको छ । अध्यक्ष नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनु भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गर्नुभएको थियो । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उहाँको विशेष योगदान रहेको थियो । उक्त अवधिमा उहाँले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गर्नु भएको थियो । अध्यक्ष सिटौलाले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसक्नुभएको छ ।
नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ्ग जगतका विविध क्षेत्रमा अनुभव हासिल गर्नुभएका अध्यक्षको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो । अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा ब्यापार व्यवासाय अभिबृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सिटौलाको पदभार ग्रहण
आर्थीकसंसार संवाददाता६ वैशाख, २०७८
६ वैशाख, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने